पल शाह पक्राउ


Bazar Dainik
27 February, 2022 12:41 pm

झापा फागुन १५ । बलात्कारको जाहेरी परेपछि फरार रहेका अभिनेता पल शाहलाई तनहुँ प्रहरीले पक्राउ गरेको छ ।

आइतबार आत्मसमर्पण गर्न काठमाडौंबाट तनहुँ जाँदाजाँदै उनलाई बाटैबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनी सामाजिक सञ्जाल फेसबुकमा लेखेर प्रहरीसमक्ष आत्मसमर्पण गर्न भन्दै काठमाडौंबाट तनहुँतिर लागेका थिए।

पलविरुद्ध जिप्रका तनहुँमा नाबालिगमाथि जबर्जस्ती करणीको जाहेरी परेको थियो। त्यसयता उनी फरार भएका थिए। 

प्रतिक्रिया दिनुहोस्