एडभान्स अस्पतालले सुरु गर्यो सिटी स्क्यान सेवा
बिर्तामोड, फागुन ४ । झापाको दमकस्थित एडभान्स अस्पतालले सिटी स्क्यान सेवा सुरु गरेको छ । अस्पतालले बुधबार एक कार्यक्रमको आयोजना गरी सिटी स्क्यान सेवाको उद्घाटन गरेको हो ।
अस्पतालका अध्यक्ष माधव पराजुली र दमक–७का वडाध्यक्ष भिम पौडेलले मेसिनको उद्घाटन गरेका हुन् । सिटी स्यक्यान सेवा दमकमै पहिलो भएको अस्पतालको दाबी छ । यसअघि दमकमा कुनै बिरामीको सिटी स्क्यान गर्न परे बिर्तामोड वा बिराटनगर धाउनु पर्ने बाध्यता रहेको थियो ।

कार्यक्रममा दमक– ६ का वडाध्यक्ष टेकबहादुर थापा, नेपाली कांग्रेस दमक नगर सभापति प्रकास प्रसाईं, उद्योग वाणिज्य संघ दमकमा अध्यक्ष गोकुल श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी दमक उपशाखा सभापति प्रकास बुढाथोकी लगायतले मन्तव्य राख्दै दमकमा रहेका अस्पतालले आपसि सहकार्य गरी यहाँका नागरिकलाई सेवा प्रवाह गर्नु पर्नेमा जोड दिए ।

एडभान्स अस्पलालले एमआरआई लगायतका अत्याधुनिक मेसिनहरु पनि ल्याएर यस क्षेत्रका नमगरिकलाई सर्व शुलभ स्वास्थ्य सेवा उपलब्ध गराउनु पर्ने कार्यक्रमका वक्ताहरुले बताए । उनीहरुले दमकलाई स्वास्थ्य सेवाको हब बनाउन यहाँ भएका अस्पतालहरुले सहकार्य गर्नु पर्नेमा जोड दिएका थिए ।
बुधबार बाटै बिरामीको सिटी स्क्यान गर्न सकिने अस्पतालका सञ्चालक तथा निर्देशक चैतन्य बरालले बताए । अत्याधुनिक प्रविधि सहितको मेसिन जडान गरिएकोले अब यस क्षेत्रका बिरामीलाई सहज हुने बरालको विश्वास छ ।
