एमालेका अध्यक्ष ओली र पत्नी राधिकालाई कोरोना संक्रमण


Bazar Dainik
23 January, 2022 12:27 pm

झापा, माघ ९। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण भएको छ । केही दिनदेखि ओलीको स्वास्थ्यमा असहजता देखिएपछि शनिबार टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको हो । यस्तै अध्यक्ष ओली पत्नी राधिका शाक्यलाई पनि संक्रमण देखिएको छ ।

हाल उनी बालकोटस्थित आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहेका छन् । कोरोना संक्रमित भएसँगै पूर्व निर्धारित सबै कार्यक्रम स्थगित भएका छन् । आज ओलीले पत्रकार सम्मेलनसमेत गर्ने भएका थिए ।

प्रतिक्रिया दिनुहोस्