भिजिट भिसामा खाडी मुलुक जान रोक लगाउने निर्णय
काठमाडौं, माघ ७ । गृह मन्त्रालयले भिटिज भिसामा खाडी मुलुक जान रोक लगाउने निर्णय गरेको छ ।
बढ्दो कोरोना संक्रमणका कारण खाडी मुलुक र मलेसिया गइ विचल्लीमा पर्ने नेपालीको संख्या बढेको भन्दै मन्त्रालयले भिटिज भिसामा भ्रमणमा जान रोक लगाएको गृह प्रवक्ता फडिन्द्रमणि पोखरेलले बताए ।
