बुद्ध एयरको जहाजमा एक यात्रु बेहोस
झपा, माघ ६ । काठमाडौंबाट नेपालगञ्ज उडेको बुद्ध एयरको जहाजमा एक यात्रु बेहोस भएका छन् । नेपालगञ्ज विमानस्थलको मौसम प्रतिकुल नभएपछि जहाज होल्डमा रहँदा यात्रु बेहोस भएको बुद्ध एयरले जनाएको छ ।
बुद्ध एयरका अनुसार काठमाडौंबाट ७ः४४ मा उडेको उडान नं ४५१ जहाज निर्धारित समयअनुसार ८ः४४ मा अवतरण हुनुपर्ने थियो । तर,जहाज बिहान ९ः१८ मा अवतरण भएको थियो ।
सो क्रममा एक महिला यात्रु बेहोस भेटिएको र उनलाइ बुद्ध एयरको एम्बुलेन्सबाटै नेपाल आर्मीको अस्पतालमा लगिएको थियो । अस्पतालमा सामान्य उपचारपछि उनी निको भएर फर्किसकेको कम्पनीका एक अधिकारीले जानकारी दिए ।