कनकाई बहुद्देश्यीय आयोजनाको ईआइए प्रतिवेदन तयार


Bazar Dainik
19 January, 2022 7:39 pm

झापा, माघ ५ । कनकाई बहुद्देश्यीय आयोजनाको वातावरणीय प्रभाव मुल्यांकन (ईआइए) प्रतिवेदन तयार भएको छ । आयोजनाको प्रस्तावक विद्युत विकास विभागले उर्जा जलस्रोत तथा सिचाई मन्त्रालय मार्फत वन तथा वातावरण मन्त्रालयमा प्रतिवेदन पेश गरेको हो ।

प्रस्तावक, विद्युत विकास विभागले प्रदेश – १ का इलामको माङसेबुङ गाउँपालिका, माई नगरपालिका, देउमाई नगरपालिका, इलाम नगरपालिका र झापा जिल्लाको शिवसताक्षी नगरपालिका, कनकाई नगरपालिका र चुलाचुली गाउँपालिकामा कनकाई बहुउद्देशीय आयोजना पहिचान गरिएको छ ।

विद्युत विकास विभाग र परामर्शदाता GEOCE Consultants Pvt. Ltd.,Sanima Hydro and Engineering Pvt. Ltd. and Beam Consultant Pvt. Ltd. (BCPL)  सन् २०१७ जुन १२ गते सम्झौता भएको थियो ।

कनकाई बहुउद्देशीय आयोजना इलामको माङसेबुङ गाउँपालिकाको वडा नं. ३, ४ र ५, माई नगरपालिकाको वडा नं. १, २,३,४, ५, ६,७,८, ९ र १०, देउमाई नगरपालिकाको वडा नं. ७ र ९, इलाम नगरपालिकाको वडा नं. ११ चुलाचुली गाउँपालिका वडा नं. १, २ र ३, र झापा जिल्लाको शिवसताक्षी नगरपालिकाको वडा नं. ९, १० र ११, कनकाई नगरपालिकाको वडा नं. १, २ मा रहेको छ ।

प्रस्तावित आयोजना बहुउद्देश्यीय आयोजना हो जसअन्तर्गत जलविद्युत आयोजना, Flood control, पानी परिवहन, माछा पालन, पर्यटन क्षेत्रको विकास, सिँचाइ प्रणाली आयोजनाहरु पर्दछन् । जलविद्युत आयोजना जालाशय प्रकारको आयोजना हो। ।

जलविद्युत आयोजना, Flood control, पानी परिवहन, माछा पालन, पर्यटन क्षेत्रको विकास, सिँचाइ प्रणाली प्रस्तावित आयोजनाका मुख्य अवयवहरु हुन् । जलविद्युत आयोजनाले ६० मे. वा. विद्युत उत्पादन गर्छ भने सिँचाइ प्रणालीले ५१,७५० हे. ९ऋऋब्० जग्गा सिँचाइ गर्दछ ।
प्रतिवेदन अनुसार जलविद्युत आयोजनाको डिजाईन डिस्चार्ज १०२ घनमिटर प्रति सेकेण्ड, नेट हेड ६७ मि. रहेको छ ।

यस जलविद्युत आयोजनाको वार्षिक ऊर्जा उत्पादन ३०२.८७ गिगावाट आवर (वर्षा याम–१८५.४१ गिगावाट आवर, सुख्खा–११७.४६ गिगावाट आवर) रहेको छ । आयोजनाको निर्माण र संचालनले प्रस्तावित क्षेत्रमा भौतिक, जैविक, सामाजिक–आर्थिक र साँस्कृतिक वातावरणमा प्रतिकूल प्रभाव पार्नेछ । भौतिक प्रभावमा त्यस क्षेत्रको जमिन उपयोगमा आउने परिवर्तन मुख्य प्रभाव हो भने पूर्वाधारको संरचनाले सर्वसाधारण र सरकारको केहि निश्चित जग्गा अतिक्रमण गर्ने छ ।

आयोजनाका विभिन्न संरचनाहरुको निर्माणका लागि कुल ५६४५ हे. जग्गा आवश्यक पर्नेछ जसमध्ये ५६३० हे. स्थायी रूपमा १५ हे. स्थायी रूपमा प्रयोग गरिनेछ । यस आयोजनाका लागि स्थायी र अस्थायी दुबै रूपमा निजी जग्गा प्रयोग गरिनेछ । कुल ६९५.३९ हे. निजी जग्गा आवश्यक पर्नेछ जस मध्ये ६९०.३९ हे. स्थायी रूपमा र ५ हे. अस्थायी रूपमा प्रयोग गरिनेछ ।

आयोजनाका लागि (चुरे संरक्षण क्षेत्र) बाट कुल ११५,६३१ (८१,६४४ पोल र ३३,९८७ रुख) वटा विभिन्न रुखका प्रजातिका रुखहरु काटिनेछन् । कुल ११५,६३१ रुखहरुमा इलामबाट ११२,९१० र २,७२१ झापाबाट काटिनेछन् ।

प्रतिक्रिया दिनुहोस्