झापामा २५ हजार जनालाई बुस्टर डोज लगाउने तयारी


Bazar Dainik
19 January, 2022 6:47 pm

झापा, माघ ५ । अग्रपङ्तीमा कार्यरत २५ हजार व्यक्तिलाई झापामा यसै साताभित्र बुस्टर डोज लगाउने तयारी छ । स्वास्थ्य कार्यालयले गत असार मसान्तसम्ममा कोरोनाविरुद्धको दुवै खोप लगाइसकेकालाई मात्र पहिलो चरणमा बुस्टर खोप लगाउने तयारी गरेको हो ।

स्वास्थ्य कार्यालय झापाको तथ्याङ्क अधिकृत चुडामिण लुइँटेलका अनुसार दुवै डोज कोभिशिल्ड लगाएका आठ हजार ८४० र भेरोशिल्ड लगाएका करिब १५ हजार जनालाई बुस्टर डोज दिने तयारी छ । उनले पूर्ण खोपको रूपमा जसले पहिलो जे लगाएको छ, उसलाई बुस्टर डोजका रूपमा पनि त्यही खोप दिइने बताए ।

जिल्लामा १० लाख जनालाई खोप लगाउने लक्ष्यअनुसार चार लाख ७२ हजार ७२९ जनाले खोपको पहिलो मात्रा लगाएका छन् भने दुवै मात्रा लगाउने तीन लाख ८८ हजार ७८१ रहेका छन् । खोपको दुवै मात्रा लगाएको ६ महिना पुगेकालाई मात्र बुस्टर डोज दिइनेछ ।

प्रतिक्रिया दिनुहोस्