दूधको मूल्य बढाउछौँ –कृषि मन्त्री


Bazar Dainik
17 January, 2022 7:18 pm

झापा, माघ ३ । कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादवले दूधको मूल्य बढाउन जरुरी भएको बताएका छन् । दूधको मूल्य वृद्धिबारे सोमबार मन्त्रालयले आयोजना गरेको अन्तरक्रियामा बोल्दै मन्त्री यादवले दुग्ध उत्पादक किसान जोगाउन पनि दूधको मूल्य बढाउनुको विकल्प नभएको बताए ।

मन्त्रालयले कसैको प्रभाव र दबावमा नपरी मूल्य वृद्धिबारे निर्णय गर्न नचाहेको पनि उनको भनाइ छ । ‘राष्ट्रिय दुग्ध विकास बोर्डको स्थलगत अध्ययन पछि मूल्य बढाउनु पर्ने निश्कर्षमा पुगिएको हो, मूल्य नबढाए दुग्ध उत्पादन क्षेत्रमा किसान टिक्न सक्दैनन्,’ मन्त्री यादवले भने ।
दूधको मूल्य बढाउने विषयमा प्रस्ताव आएकै भरमा निर्णय नहुने भन्दै मन्त्री यादवले मूल्यको कारण पुष्टि गर्न सकिने वैज्ञानिक आधार खोजिने पनि बताए ।

कार्यक्रममा बोल्दै पशुपन्छी विकसा सचिव निरु दाहालले दूधको मूल्य बढाउन आफूहरुले जबर जस्ती कुनै निर्देशन नदिएको बताए । नियमअनुसार मूल्य बढाउनै पर्ने अवस्थामा मन्त्रालय रहेको र किसानहबाट पनि मूल्य बढाउनका लागि चर्को दबाब भएको उनको दावी थियो ।
राष्ट्रिय दुग्धविकास नीति २०७८ को आधारमा मूल्य बढाउने अवस्थामा पुगिएको भन्दै मन्त्रालयले बढेको मूल्यले किसानलाई कृषि पेशामा टिकिरहन ठूलो मद्दत पुग्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्