प्रदेश– २ को नाम मधेश, राजधानी जनकपुर


Bazar Dainik
17 January, 2022 5:50 pm

झापा, माघ ३ । प्रदेश– २ को नाम मधेश भएको छ । सोमबार प्रदेश सभा सचिवालयमा भएको मतदानबाट प्रदेशको नाम टुँगो लगाएको हो । प्रदेशको नाम मधेशको पक्षमा ९९ सयमध्ये ८० जना सांसदले मतदान गरेका छन् । यो दुई तिहाईभन्दा बढी हो ।

यसअघि राजधानीका लागि भएको मतदानमा जनकपुर राजधानी प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएको थियो । जनकपुर राजधानीको पक्षमा उपस्थित ९९ जना प्रदेश सभा सदस्यमध्ये ७८ जनाले पक्षमा मतदान गरेका थिए भने २१ जनाले विपक्षमा मतदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्