कोरोना रोकथामका लागि यस्तो छ डीसीसीएमसी झापाको आदेश !


Bazar Dainik
11 January, 2022 8:15 pm

झापा, पुस २७ । कोरोना संक्रमण बढेसँगै मंगलबार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले कडाइ गरेको छ । सीसीएमसीसी र गृह मन्त्रालयको सर्कुलर अनुसार बैठकले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाएको छ ।

बैठकले सार्वजनिक स्थलमा प्रवेश गर्दा अनिवार्य रुपमा कोभिड विरुद्धको खोप लगाएको कार्ड देखाउनु पर्ने र सम्बन्धित निकायले कार्ड हेरेर मात्र प्रवेश दिने व्यवस्था माघ ७ गतेदेखि लागू गरिने निर्णय गरेको छ । मास्कको प्रयोग अनिवार्य गर्ने, साबुन पानीले हात धुने जस्ता स्वास्थ्य मापदण्डको पालना अनिवार्य गराउने उल्लेख छ ।

यस्तै, भीडभाड तथा राजनीतिक गतिविधिमा रोक लगाउने, माघ १५ सम्म विद्यालय गर्नेलगायत निर्णय भएको छ । त्यसैगरी नाकामा एन्टिजेन परीक्षणको कार्यलाई थप प्रभावकारी बनाउनेलगायत निर्णय बैठकको छ ।

प्रतिक्रिया दिनुहोस्