बिर्तामोडका प्रमुख प्रशासकीय अधिकृत दाहालको ससम्मान विदाई


Bazar Dainik
10 January, 2022 8:43 pm

झापा, पुस २६ । बिर्तामोड नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहाल सहित ३ जना कर्मचारीको विदाई गरेको छ । नगरपालिकाको कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमका बिच बिर्तामोडबाट पाँचथरको फिदीम नगरपालिका सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत दाहालसहित सेवा निवृत भएका शाखा अधिकृत देवराज कार्की र स्वास्थ्य सेवाबाट निवृत भएकी सिनियर अनमि रितादेवि दाहाललाई सम्मान सहित विदाई गरीएको हो ।

विदाई हुने कर्मचारीहरुलाई नगरप्रमुख धु्रवकुमार शिवाकोटी र उपप्रमुख पवित्रादेवि महाताराले दोसल्लाह ओढाएर सम्मान पत्र तथा मायाको चिनो प्रदान गरेका थिए । यस्तै विभिन्न वडाका वडाध्यक्ष, वडासदस्य तथा कर्मचारीहरुले खादा तथा माला र अविर लगाएर विदाई गरेका हुन् ।

कार्यक्रममा बोल्दै नगरप्रमुख धु्रवकुमार शिवाकोटीले प्रमुख प्रशासकीय अधिकृत दाहाल विधि र पद्वतिको ख्याल गर्ने कुशल नेतृत्वका धनि रहेको भन्दै उच्च प्रशंसा समेत गरे । यस्तै कार्यक्रममा बोल्दै उपप्रमुख पवित्रा महतारा प्रसाईंले प्रमुख दाहाल नीतिगत र सुसाशनको पक्षमा अव्वल रहेको धारणा राखिन् ।

प्रमुुख प्रशासकीय अधिकृत दाहालले बिर्तामोडमा जनप्रतिनिधि र कर्मचारी बिचको सन्तुलन राम्रो रहेको उल्लेख गरे । आफुले २०६१ सादेखि स्थानीय तहमा काम गर्दै आएको बताउँदै उनले अन्य पालिका भन्दा बिर्तामोड पृथक रहेको बताए । जनप्रशासन र विकास प्रशासनमा आवद्व रहेका २ वटा पाटाहरु पुग्ने एउटै गन्तव्य जनतालाई सेवा सुविधा प्रदान गर्नु नै रहेको उनको धारणा थियो ।

प्रतिक्रिया दिनुहोस्