शिभांस स्मृति प्रष्ठिानद्वारा विद्यार्थीलाई न्यायो कपडा वितरण


Bazar Dainik
9 January, 2022 5:35 pm

शिवसताक्षी, पुस २५ । शिभांस स्मृति प्रतिष्ठानले झापाको शिवसताक्षी नगरपालिका –७ स्थित लालपानी माध्यमिक विद्यालयका विद्यार्थीलाई न्यायो कपडा वितरण गरेको छ । प्रतिष्ठानले आइतबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी न्यायो कपडा वितरण गरेको छ ।

प्रतिष्ठानले लालपानीका ३ सय ३५ जना विद्यार्थीलाई न्यायो कपडा वितरण गरेको हो । विसं २०७१ माघमा डेनमार्कमा जन्म लिएका शिभांसको मृत्यु ब्रेन ट्युमरका कारण १० महिनापछि भएको थियो । उपचारको क्रममा डेनमार्ककै हस्पिटलमा उनको मृत्यु भएको शिभांसका बावु नविन विमलीले बताए ।

“धेरै प्रयास गर्दा पनि छोरालाई बचाउन सकेनौँ । सोहीकारण छोरालाई सधैँ जिवित राख्नका लागि अक्षयकोषको स्थापना गरी झापाका विभिन्न स्थानका सरकारी विद्यालयमा कार्यक्रम गर्दै आएका छौँ” विमलीले भने । आगामी वर्षदेखि भने झापा जिल्ला भरबाट सरकारी विद्यालयबाट एसईईमा उत्कृष्ट अंक ल्याउने १\१ जना छात्रछात्रालाई निःशुल्क पठाउने लक्ष्य राखिएको शिभांसकी आमा राधिका पराजुलीले बताइन् ।

प्रतिक्रिया दिनुहोस्