बिर्तामोडमा फेला परेकी सुस्त मनस्थिति भएकी महिला सुस्त मनस्थिति सरोकार समाज कनकाईमा
बिर्तामोड, पुस २२ । इलाम फुएतप्पाकी सुस्त मनस्थिति भएकी महिला झापाको बिर्तामोडमा फेला परेकी छन् । केही दिन अघि बेसहारा अवस्थामा बिर्तामोडमा फेला परेकी ३० बर्षिय डिल्लीमाया लिम्बुलाई इलाका प्रहरीले कार्यालय बिर्तामोडले सुस्त मनस्थिति सरोकार समाज कनकाईलाई बुझाएको छ ।

बोल्न नसक्ने उनी सामान्य पढ्न भने सक्ने सुस्त मनस्थिति सरोकार केन्द्रकी अध्यक्ष भगिरथा चापागाईँ पोखरेलले बताइन् । “सांकेतिक भाषमा पहाडबाट गाडी चढेर आएको बताउँछिन्” पोखरेलले भनिन्, “के कामका लागि, कहाँ हिँडेकीहुन् भन्ने मेसो हामीले पाउन सकेका छैनौँ ।”
१४ वर्ष अघि सञ्चालनमा आएको सुस्त मनस्थिति सरोकार समाज नेपालमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई संरक्षण गर्दै आएको अध्यक्ष पोखरेलले बजार दैनिकलाई बताइन् । सुस्त मनस्थिति सरोकार समाज कनकाईमा हाल १८ जना सुस्त मनस्थिति भएका बालबालिका रहेका छन् ।