अटल सौभाग्यकी प्रतिक पाथिभरा देवी (फोटो फिचर)


Bazar Dainik
1 December, 2021 2:20 pm

मनिषा चम्लागाईँ ।

ताप्लेजुङ मंसिर १५ । मंसिर लागेपछि चिसो बढ्ने भएकाले पाथिभरा देवीको दर्शनका लागि अफसिजन मानिन्छ । तरपनि मंसिरको दोस्रो हप्तासमेत चिसोको प्रवाह नगरी पाथिभरा मन्दिरमा पुग्ने मानिसको चहलपहल बाक्लै थियो ।

अटल सौभाग्यकी प्रतिक मानिने पाथिभरा देवीको दर्शनका लागि विशेष गरी दशैँ बिदाको सदुपयोग गर्न पुग्नेको लाम लाग्छ । सुदूर पूर्वी पहाडी जिल्ला ताप्लेजुङमा अवस्थित पाथिभरा ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ ।

वर्षायाम सकिएपछि आन्तरिक र बाह्य पर्यटकको घुँइचो लाग्ने गरेको छ पाथीभरा मन्दिरमा । नेपालका विभिन्न स्थान तथा भारतबाट पाथिभरा माताको दर्शन गर्न मानिसहरु पुग्ने गर्छन् ।

मनोकांक्षा पुरा हुने आशामा पाथीभरा माताको दर्शन गर्न पूर्वी जिल्लाबाट मात्र होइन काठमाडौँ, धनगढी, पोखरा, भारतको आसाम, दार्जीलिङ र तेस्रो देशबाट आउने मानिसहरुसमेत भेटिन्छन् ।

पछिल्लो समय पदयात्रा र प्राकृतिक सौन्दर्यमा रमाउन चाहने युवापुस्ताको जमात पनि बढ्दै गएको छ । उनीहरुका लागि पनि पाथिभरा सुरक्षित र आरामदायी गन्तव्य हो भन्दा फरक पर्दैन । हेर्नुहोस् तस्बिरहरु…….

प्रतिक्रिया दिनुहोस्