धमाधम लाभांश घोषणा गर्दै लघुवित्त, महिलाको सबै भन्दा धेरै


Bazar Dainik
22 November, 2021 10:14 am

काठमाडौँ, मंसिर ६ । गत आर्थिक वर्षको मुनाफाबाट लघुवित्त वित्तीय संस्थाहरुले धमाधम लाभांश घोषणा गरिरहेका छन् । केही लघुवित्त वित्तीय संस्थाले त साधारण सभा बोलाएर घोषित लाभांश पारित समेत गराइसकेका छन् ।

लाभांश घोषणा गरेका संस्थाहरुमध्ये धेरेले ‘क’ वर्गका वाणिज्य बैंकहरूभन्दा आकर्षक लाभांश शेयरधनीहरुलाई दिने घोषणा गरेका छन् ।
सबैभन्दा धेरै महिला लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । यस संस्थाले शेयरधनीहरूलाई ४७ दशमलव ५ प्रतिशत बोनश शेयर र २.५ प्रतिशत नगद लाभांश गरी कुल ५० प्रतिशत लाभांश घोषणा गरेको छ ।

यसैगरी स्वाभिमान लघुवित्त वित्तीय संस्थाले ३४ प्रतिशत र सबैको लघुवित्त वित्तीय संस्थाले ३२.६८ प्रतिशत लाभांश घोषणा गरेको छ । सबैभन्दा कम भने एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको देखिएको छ । यसले शेयरधनीहरूका लागि यस वर्ष बोनस शेयर नदिने भएको छ । नगद लाभांश जम्मा ५.४१ प्रतिशतमात्रै दिने घोषणा गरेकोमा आइतबार बसेको साधारणसभाबाट पारित समेत भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्