हाम्रो तीन पुस्ता यही उद्योगमा काम गछौँ – राय


Bazar Dainik
22 November, 2021 10:19 am

बिर्तामोड, मंसिर ६ । भारतीय नागरिक वण्डाली राय झापाको बिर्तामोड नगरपालिका –२ स्थित जानकी इटा उद्योगमा मजदुरी गर्छिन् । वण्डलीकी होइन ७० वर्ष नाघेकी चम्पाकी आमा सरस्वती राय पनि जानकी इटा उद्योगमा नै काम गर्छिन् ।

उद्योगमा तीन पुस्ताले एउटै मजदुरी गरेका छन् । उनीहरूको काम हो इटा बनाउने । पुस्तान्तर हुँदै उनीहरूको मजदुरी इटा उद्योगमा नै चलिरहेको छ । जीविकोपार्जनका लागि इटा बनाउने काम निरन्तर चलिरहेको चम्पाले बताइन् । हजुरआमादेखि नातिनीसम्म सबैको हातमा इटा बनाउने सीप छ । त्यसैले इटा बनाउने काम आफ्नो हजुरआमा कै पालादेखि निरन्तर चलिरहेको चम्पा सुनाउँछिन् ।

उद्योगमा काम गर्दै भारतीय मजदुर । तस्बिर : मनिषा चम्लागाईँ ।

जानकी इटा उद्योग झापाको पुरानो इटा उद्योग हो । २०४५ सालमा जानकी उद्योग सञ्चालनमा आएसँगै उनीहरू काम गर्न आएको चम्पाले सुनाइन् । “यो भन्दा पहिले पनि हजुरआमा हजुरबाले इटा उद्योगमा नै काम गरेका हुन्” चम्पाले भनिन्, “बा पनि यही काम गर्थे अहिले मरिसके ।” चम्पा आमा र छोरीसँगै इटा उद्योगमा काम गर्छिन् । उद्योगमा कार्यरत बूढाबूढी, युवा युवतीको वर्षौंदेखि इटा बनाएर गुजारा चलिरहेको छ ।

हजुरबाजेको पुस्ताबाट नातिनीसम्म हस्तान्तरण हुँदै आएको इटा बनाउने मजदुरी गुम्ने हो कि भन्ने पीर बंगलादेशदेखि आएकी मजदुर नुमीता रायमा छ । नुमिता पनि छोरी जोस्ना रायसँगै उद्योगमा काम गर्छिन् । उद्योगमा काम गरे वापत उनीहरू दैनिक ३ सय रूपैयाँ भारतीय रूपैयाँ कमाइ गर्छन् । यसैबाट उनीहरूको गुजरा चलाउँदै आएको नुमीताले सुनाइन् ।

जानकी इटा उद्योग सुरुवातीदेखि नै भारतीय कामदारको भरमा चलेको छ । स्वदेशमा काम गर्न लजाउने नेपालीका लागी भारतीय कामदारहरू उदाहरण भने बनेका छन् । भारतका शहदेव रायले एक हजार इँटा बनाए वापत ६ सय भारतीय रूपैयाँ परिश्रमिक पाउँछन् । उनको परिवारका सबैजना इटा उद्योगमा मजदुरी गर्छन् ।

जति इँटा बनाउन सक्यो उति आम्दानी गर्न सकिने उनी सुनाउँछन् । भारतीय कामदारको जस्तो सीप नेपाली कामदारमा नहुने भएकाले इटा उद्योगले भारतीय कामदारको प्रयोग गर्छन् ।

प्रतिक्रिया दिनुहोस्