झापामा बन्दको प्रभाव, बुधबारेबाट ७ जना पक्राउ


Bazar Dainik
16 November, 2021 1:56 pm

झापा कात्तिक ३० । नेत्र विक्रम चन्दको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दको प्रभाव झापामा पनि परेको छ । अघिल्ला दिनका तुलनामा सार्वजनिक सवारीसाधन कम सञ्चालन भएका कारण सर्वधारणमा कठिनाइ भएको देखिएको छ । औद्योगिक क्षेत्र र व्यापार व्यावसायमा पनि बन्दको सामान्य प्रभाव परेको छ ।

बन्दमा बिर्तामोडको अवस्था । तस्बिर : बजार दैनिक ।

यसैबीच सवारीसाधन जबरजस्ती बन्द गराउन खोज्ने ७ जना बन्द कर्तालाई झापा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी सानुराम भट्टराईले जानकारी दिए । उनीहरुलाई इलाका प्रहरी कार्यालय बुधबारेमा राखिएको बताइएको छ ।

बन्दमा बिर्तामोडको अवस्था । तस्बिर ः बजार दैनिक ।

भाडाका ठूला सवारी साधन नचले पनि निजी र सरकारी सवारीसाधान सञ्चालनमा कुनै प्रभाव देखिएन । उक्त समूहले पेट्रोलियम पदार्थलगायत मूल्य बृद्धि फिर्ताको दबाब दिन बन्द आह्वान गरेको बताएको छ । अहिले यातायातका सवारी साधन समान्यरूपमा सुचारु भइरहेको र जनजीवन सामान्य रहेको एसपी भट्टराईले बताए ।

बन्दमा बिर्तामोडको अवस्था । तस्बिर ः बजार दैनिक ।

प्रतिक्रिया दिनुहोस्