बिर्तामोडमा रक्तदान कार्यक्रम


Bazar Dainik
15 November, 2021 5:23 pm

झापा, कात्तिक २९ । रगतको चरम अभाव भइरहेका बेला झापामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । वशिष्ठ आश्रम खरेल प्रबर्द्धन समिति कोटीहोमको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रम संयोजक नविन खरेलले कार्यक्रममा ३१ पिन्ट रगत संकलन भएको बताए । छोटो समयको तयारीमा पनि रक्तदाताको उल्लेख्य सहभागिता भएको खरेलले बताए । रक्तदान कार्यक्रममा प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र बिर्तामोडको रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्