जन्मदिनमा प्रथम पाइलालाई दिक्षाको सहयोग


Bazar Dainik
11 November, 2021 1:07 pm

झापा, कात्तिक २५ । जन्मदिनको अवसरमा झापा अर्जुनधाराकी दिक्षा कडरियाले प्रथम पाइला अभियानलाई सहयोग गरेका छन् । दिक्षाले प्रथम पाइला अभियानको पहलमामा अध्ययनरत् १५ जना बालबालिकालाई १० हजार रुपैयाँ आर्थिक सहयोग गरेकी हुन् ।

कक्षा –१० मा अध्ययनरत् दिक्षाले उक्त रकम प्रथम पाइला अभियानकी संयोजक मेनुका ओलीलाई हस्तान्तरण गरेकी छन् । जन्मदिनमा अनावश्यक खर्च गर्नुको साटो उक्त रकम सामाजिक कार्यमा लगाउने छोरीको इच्छाले प्रथम पाइलालाई सहयोग गरेको उनकी आमा दिपा खरेलले बताइन् ।

प्रथम पाइला अभियानले कमजोर आर्थिक अवस्था भएका बालबालिकाको अध्ययनमा सहयोग गर्दै आएको ओलीले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्