प्रदेश–१का २ सहित ३१ स्थानीय तहले पेश गरेनन् वार्षिक बजेट


Bazar Dainik
8 November, 2021 5:33 pm

झापा, कात्तिक २२ । चालु वर्षको चार महिना सकिन लाग्दा प्रदेश–१का २ सहित ३१ स्थानीय तहले वार्षिक बजेट पेश गरेका छैनन् । जनप्रतिनिधिबीच विवाद हुँदा ती स्थानीय तहले बजेट पेश गर्न नसकेका हुन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तथ्यांक अनुसार सबैभन्दा बढी प्रदेश २ का स्थानीय तहले बजेट पेश गरेका छैनन् । प्रदेश–२ का २६ वटा स्थानीय तहले वार्षिक बजेट पेश गर्न बाँकी छ ।

यस्तै वाग्मती प्रदेशका ३ स्थानीय तहले बजेट पेश गरेका छैनन् । यी स्थानीय तहले केन्द्र सरकारबाट पाउने चार प्रकारका अनुदान रोकिएको छ । केन्द्र सरकारले समपूरक, विशेष, समानीकरण र ससर्त शीर्षकमा अनुदान प्रदान गर्दै आएको छ ।

समयमै स्थानीय तह आर्थिक अनुशासनमा नबस्दा समग्र आर्थिक प्रणालीमा असर गर्ने गरेको छ । स्थानीय तहले बजेट पेश नगर्दा समयमै केन्द्र सरकारले दिने अनुदान प्राप्त गर्न सक्दैन । यसले केन्द्र सरकारको ढुकुटीमा धैरै रकम जम्मा हुँदा बजारमा तरलताको समेत समस्या देखिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्