गुण एयरलाइन्सले भद्रपुर नियमित उडान गर्ने


Bazar Dainik
6 November, 2021 6:10 pm

झापा, कात्तिक २० । निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सले चाँडै नै भद्रपुर नियमित उडान सुरु गर्ने भएको छ । गत असोजदेखि काठमाडौं–सिमरा तर्फ नियमित उडान सुरु गरेको गुण एयरलाइन्सले छिट्टै भद्रपुरतर्फ नियमित उडानका लागि गृहकार्य सुरु गरिसकेको कम्पनीले जनाएको छ ।

सातौं गन्तब्यका रुपमा गत असोजदेखि गुणको जहाज नियमित रुपमा काठमाडौं सिमरा उडान गर्न थालिसकेको छ । कम्पनीले भद्रपुरसँगै सुर्खोत पनि उडान गर्ने तयारी गरेको छ ।

यस अघि कम्पनीले विराटनगर, भरतपुर, पोखरा , तुम्लिङटार, भैरहवा, नेपालगन्जमा नियमित उडान शुरु गरिसकेको छ । कम्पनीले यात्रुहरु लाई सुरक्षित र भरपर्दो हवाइ सेवा सुबिधा दिन कुनै कसर बाँकी नराख्ने कम्पनीका प्रवक्ता प्रज्वल थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्