झापा टु पाँचथर, १३ तस्बिर


Bazar Dainik
27 October, 2021 8:53 pm

झापा, कात्तिक १० । झापा चारआलीबाट मेची राजमार्गको करिब आधा घण्टा सवारी यात्रापछि पहाडको ‘रानी’ उपनामले परिचित इलाम टेकिन्छ । सानो पाथिभरा, कन्याम, इलाम बजार, स्थानीय उत्पादनले भरिएको राँके बजारको दृष्य निक्कै आर्कषक देखिन्छन् ।

घुमाउरो बाटो, बाटो किनारमा बनेका चिटिक्क परेका घर, पहाडका थुम्का मेची राजमार्गको यात्राको क्रममा देख्न सकिन्छ । सुन्दर पौवाभञ्याङबाट देखिने हिमाल, ग्रामिण जीवनको झझल्को अर्को आर्कषणको पाटो हो । मेची राजमार्गको झापा चारआलीबाट पाँचथरको फिदिमसम्मको यात्राको क्रममा लिएका तस्बिर :

झापाको चारआली ।
बर्ने चिया कमान ।
सानो पाथिभरा क्षेत्र ।
इलामको कन्याम ।
इलाम बजार ।
रक्सेदेखि उत्तरी क्षेत्रमा बनाइएको चौतारी ।
राँकेमा बिक्रीका लागि राखिएका स्थानीय उत्पादन ।
राँकेमा बिक्रीका लागि राखिएको अकबरे खुसार्नी ।
मेची राजमार्ग छेउमा बनाइएको चिटिक्क परेको घर ।
पहाडसँग लुकामारी गर्दै कुहिरो ।
सुन्दर पौवाभञ्ज्याङ ।
पाँथचरको सदरमुकाम फिदिम ।
पाँचथरको फिदिमबाट देखिने याङ्नाम ।

प्रतिक्रिया दिनुहोस्