चन्द्रमामा जान गर्लफ्रेन्ड खोज्दै जापानी अर्बपति


Bazar Dainik
17 May, 2021 7:10 am

एजेन्सीस्पेसएक्सको भावी चन्द्र यात्राको पहिलो यात्रीका रूपमा रहेका जापानी अर्बपति युसाकु मेइजावाले त्यहाँ जानका लागि महिला साथीको खोजीको विज्ञापन गरेका छन् । उनले साथी मात्रै खोजेको नभई अन्तरिक्ष यात्राका लागि महत्वपूर्ण साथी खोजेको मेइजावाको वेबसाइट प्रवद्र्धन अभियानमा उल्लेख गरिएको छ ।


“मेइजावाको लामो समयदेखि अन्तरिक्षमा जाने सपना रहेको छ,” वेबसाइटले उल्लेख गरेको छ । “उनले कोही विशेष मानिससँग विशेष स्थानमा जाने इच्छा व्यक्त गरेका छन्,” वेबसाइटले भनेको छ । मेइजावा र उनको नयाँ साथीले स्पेसएक्सको नयाँ पुस्ताको स्टारसिप रकेटबाट चन्द्रमाको यात्रा गर्नेछन् । यो स्पेसक्राफ्टले धेरै मानिसलाई चन्द्र र मंगल ग्रहको यात्रामा लैजाने छ । २०१८ को सेप्टेम्बरमा मेइजाले ठूलै आकारको डिपोजिट गरेको स्पेसएक्सले जनाएको छ । उनले स्टारसिपमा पहिलो निजी ग्राहक हुनका लागि यस किसिमको डिपोजिट गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्