गौतमद्वारा बुद्धिचाल सार्वजनिक


Bazar Dainik
9 October, 2021 12:09 pm

झापा, असोज २३ । गायक विमल गौतमले ‘बुद्धिचाल’ बोलको गीत सार्वजनिक गरेका छन् । आफ्नै संगीतमा तयार भएको उक्त गीतको शब्द गायक स्वयम् र बिदुर गौतमले संयुक्त रुपमा लेखेका हुन् ।

बुद्दिचाल(चेस ) खेल खाली हार जित र मनोरन्जन मात्र नभई यसका विभिन्न फाइदाहरु रहेको भन्ने सन्देश गीतले प्रस्तुत गरेको छ । बुद्धिचाल खेलले समज विकासमा ठूलो प्रभाव पार्ने भएकले गीत मार्फत् प्रचारप्रसारमा सहयोग मिलोस् भन्ने उद्देश्यले गीत ल्याइएको गौतमले बताए । गीतमा विशेष गरी बुद्धिचाल खेलको परिचय र यसको विशेषताको वर्णन गरिएको छ ।

गायक गौतमको आफ्नै युट्युब च्यानलमा सार्वजनिक गरेको लिरिकल भर्सनको गीतमा बिक्रम कार्कीको एरेन्ज र मिक्सिङ रहेको छ । यसअघि गौतमले रुपको झट्का, घरबेटी बा, मायाको दुरी लगायतका एक दर्जन गीत सार्बजनिक गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्