७ घण्टासम्म किन बन्द भयो फेसबुक, इस्टाग्राम र ह्वास्टसएप


Bazar Dainik
5 October, 2021 7:53 am

झापा, असोज १९ । सोमबार राती ९ बजेबाट बन्द भएको फेसबुक, इन्स्टाग्राम र ह्वास्ट्सएप करिव ७ घण्टापछ सुचारु भएका छन् । सोमबार राती तीन वटै एप चल्न छाडेका थिए भने मंगलबार विहान ४ बजेपछि चल्न थालेका हुन् ।

विश्वभरबाट एप नचलेको रिपोर्ट गरिन थालेपछि सेवा अवरुद्ध भएको करिव एक घण्टामा फेसबुक, इस्टाग्राम र ह्वास्टसएपले ट्विटरमा आफ्नो सन्देश दिंदै माफी मागेका थिए । छिटै सेवा सुचारु गर्ने बाचा गरेको ६ घण्टामा मात्र एपहरुले काम गर्न थालेका छन् । बन्द भएको एकघण्टापछि मात्र फेसबुकले यस विषयमा जानकारी दिएको थियो ।

संस्थापक मार्क जुकरबर्ग लगायत फेसबुक आवद्ध व्यक्ति तथा कम्पनीहरुले सेवा पुनः सुचारु भएको जानकारी गराउँदै सेवा अवरुद्ध भएकोमा माफी मागेका छन् । यद्यपी बन्द हुनुको कारण भने स्पष्ट भनिएको छैन । फेसबुकमा उत्पादनहरु मनोरंजनका लागि मात्र नभइ विश्वभर व्यापारको प्रयोजनका लागि पनि प्रयोग गर्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्