चेम्बर अफ कमर्श झापाद्वारा तेह्रथुममा स्वास्थ्य सामग्री वितरण


Bazar Dainik
4 October, 2021 5:45 pm

झापा, असोज १८ । चेम्बर अफ कमर्श झापाले कोरोना महामारी नियन्त्रणका लागि मास्क, सेनिटाइजर वितरण गरेको छ । चेम्बर अफ कमर्श झापाले तेह्रथुमका विभिन्न संघसंस्थालाई स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।

चेम्बरले आठराई संग्रान्ती बजारमा रहेको इलाका स्वास्थ्य चौकी, इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी वेस क्याम्प र तेह्रथुम बहुमुखी क्याम्सलाई मास्क सेनिटाईजर विरतण गरेको चेम्बर अफ कमर्श झापाका अध्यक्ष ओमकृष्ण विमलीले जानकारी दिए ।

सामाजिक उत्तरदायित्व अन्तरगत निरन्तररुपमा स्वास्थ्य सामाग्री वितरण गर्दै आएको चेम्बर अफ कमर्श झापाले यस पटक ५ हजार थान मास्क वितरण गरेको अध्यक्ष बिमलीको भनाई छ ।

व्यवसायीको छाता संगठनको रुपमा स्थापित चेम्बर अफ कमर्श झापाले प्राकृतिक दैविकप्रकोप पिडितहरुलाई पनि सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्