भरतमणि पौडेलले जिते कमेडी च्याम्पियन सिजन –२को उपाधि


Bazar Dainik
18 September, 2021 11:30 pm

झापा, असोज २ । रियालिटी सो ‘कमेडी च्याम्पियन–२’ को उपाधि ताप्लेजुङका भरतमणि पौडेलले जितेका छन् । शनिबार राति भएको फाइनलमा पौडेलले कार र २५ लाख नगदसमेत पाएका छन् ।

सिक्किमका विक्की अग्रवाल फस्ट ररअप र गोरखाका सन्तोष थापा सेकेन्ड रनरअप घोषित भए । पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, पूर्व युवराज पारस शाह, घरबेटीजस्ता प्रस्तुति दिएर निकै चर्चामा आएका पौडेलले उपाधि जितेका हुन् ।

आफ्नो भोगाइ मिसाएर समय सान्दर्भिक सामाजिक तथा राजनीतिक व्यंग्य गर्ने उनको खुबीलाई दर्शकले अत्यधिक रूचाएका थिए । विश्वभरका दर्शकको मतदानको आधारमा विजेता चुनिएको हो ।

प्रतिक्रिया दिनुहोस्