शैक्षिक क्षेत्रमा ढकालको यात्रा, भन्छन्,– ‘म अझै काम सिक्दै छु’


Bazar Dainik
29 August, 2021 9:07 am

झापा भदौ, १३ । आजभन्दा २५ वर्ष अघि झापामा स्कुल स्थापनामा धमाधम लगानी थपिँदै थियो । झापाको बिर्तामोडमा ठूलो लगानीमा निजी विद्यालयहरु सञ्चालनमा आउन थाले । सो समयमा झापाका सम्पन्न परिवारले छोराछोरीलाई राम्रो शिक्षा दिनका लागि देशका अन्य ठूला शहर तथा भारतसम्म पु¥याउने गर्थे ।

सोही अवस्थालाई नजिकबाट नियालेका थिए एमिटी एजुकेशन फाउण्डेसन बिर्तामोडका सञ्चालक तथा प्रिन्सिपल आरएस ढकालले । त्यसबेला मास्टर अध्ययनरत् ढकाल निजी विद्यालयमा शिक्षण गर्दथे । यसैबीच उनलाई काठमाडौँको क्याम्पियन कलेजमा शिक्षणका लागि ‘अफर’ आयो । तर, उनले क्याम्पियनमा एउटा मात्र क्लास पाए ।

अवसरकै लागि भएपनि उनले स्कुलको जागिर छाडेर क्याम्पियन पढाएको बताउँछन् । “मैले क्याम्पियन पढाएर धेरै, कुरा सिके । क्याम्पसका सि.इ.यो कैलाश देवान मेरो उत्प्रेरणको स्रोत हुनुहुन्छ । साथै प्रिन्सिपलले दिनुभएको उत्प्रेरणले मलाई अरु कलेजमा पनि काम गर्ने हिम्मत जुट्यो ।”

क्याम्पियनसँगै भानुभक्त मेमोरियर कलेज, जेभियर एकाडेमीमा काम गरेका ढकालसँग अन्य कलेज पढाएको अनुभव पनि छ । जागिरे जिवनमा रहेका ढकाललाई २०५५ सालदेखि भने आफैँ कलेज खोल्ने रहर जाग्यो । “यतिबेला मलाई आफैँ केही गर्नुपर्छ भन्ने लागेको थियो, तर, म सँग पैसा थिएन । तर, पनि मैले हिम्मत हारिन ।”

यसपछि उनले केही साथीहरुसँग मिलेर इटहरीमा कलेज खोल्ने योजना बनाएर काठमाडौँ छोडे । यो योजना भने सफल हुन सकेन । अवसरको खोजीमा ढकाल आफ्नै गृह जिल्ला झापा आइपुगे । झापाको बिर्तामोड –१मा २०५६ साल असारदेखि उनले केही साथीसँग मिलेर एमिटी उ.मा.वि सुरु गरे । एमिटीले मेनेजमेन्ट संकायबाट कक्षा सुरु गरेको हो ।

सुरुवाति चरणमा लगभग ८० जना विद्यार्थीबाट कक्षा ११को अध्यापन सुरु गरेको उनी बताउँछन् । “सुरुसुरुमा विद्यार्थी कम थिए, भुटानी शरणार्थी विद्यार्थीहरुको रोजाइमा भने एमटी पर्न सफल भयो । उक्त समयमा बिर्तामोडका अन्य निजी विद्यालयले अंग्रेजी साथै नेपाली माध्यममा कक्षा सञ्चालनमा ल्याएका थिए” ढकालले भने, “हामीले भने अंग्रेजी माध्यमबाट मात्र कक्षा सञ्चालन गरेर फरक अस्तित्व कायम ग¥र्यो ।”

विःस २०६१ सालदेखि विद्यालय शिक्षणसमेत शुरु गरेको एमिटीले बिर्तामोड–५मा आफ्नै भवन बनाएको छ । “विद्यालय तहको अध्यापन सुरु गर्दा हामीलाई आफ्नै भौतिक संरचना आवश्यक प¥यो, १५ वर्षदेखिको लगानी हामीले संरचना निर्माणमा खर्च गरेका छौँ” ढकालले बजार दैनिकसँग भने, “यसपछि बिर्तामोड–१मा रहेको कलेज पनि आफ्नै भवनमा सा¥यौ ।”

एमिटी एजुकेशन फाउण्डेसन बिर्तामोडका सञ्चालक तथा प्रिन्सिपल आरएस ढकाल । तस्बिर : बजार दैनिक ।

विद्यालय तहको कक्षा सञ्चालनमा आएपछि ढकालले काठमाडौँमा रहेका आफ्ना दाजु सितारामलाई बोलाएर प्रिन्सिपलको जिम्मेवारी दिए । “दाजुले लामोसमय कक्षा १०सम्म हेर्नु भयो” उनी भन्छन्, “दाजु बितेपछि भने सबै जिम्मेवारी मेरो काँधमा आएको छ ।”

कोरोना महामारीको चपेटामा रहेको शिक्षा क्षेत्रबाट एमिटी एजुकेशन फाउण्डेसन पनि अछुतो रहेन । “अहिले विद्यालय बन्द छन् । हामी पनि अनलाइन कक्षा सञ्चालन गर्न बाध्य छौँ” ढकाल सुनाउँछन् । “हामीले जुम पेड भर्सन प्रयोग गरेर प्रभावकारी तरवरले अनलाइन कक्षा सञ्चालन गरेका छौँ ।”अनलाइनकै माध्यमबाट एसेमब्लि, कक्षा, परीक्षा, बैठक राम्रोसँग सञ्चालनमा ल्याएको जनाइएको छ ।

एमिटीले २०६० सालदेखि कक्षा ११ र १२मा मेनेजमेन्ट संकाय सञ्चालनमा ल्याएको हो । शतः प्रतिशत विद्यार्थी उत्तिण गराउँदै आएको एमिटी देशकै सर्वेत्कृष्ट कलेजमा पर्ने गरेको ढकाल बताउँछन् । एमिटी मा मेनेजमेन्ट अन्तरगत कम्प्युटर साइन्स, होटल मेनेजमेन्ट र विजनेश स्टडी अध्ययन हुन्छ । एमिटीले विज्ञान संकाय अन्र्तगत कम्प्युटर साइन्समा धेरै लगानी गरेको छ । सुविधा सम्पन्न ल्याव, आधुनिक प्रविधिको सफ्टवेयर र हाडवेयरको जडान गरेको छ ।

“हाम्रा प्रयोगात्मक विषय छन् । तत्काल विद्यालय खुल्ने अवस्था छैन । यदि तिहारपछि पनि विद्यालय नखुले सुरक्षित तवरले समूहमा विभाजन गरेर प्रयोगात्मक कक्षा सञ्चालन गर्ने योजना बनाएका छौँ ” ढकाल भन्छन् ।

एमिटी एजुकेशन फाउण्डेसन बिर्तामोड। तस्बिर बजार : दैनिक ।

एमिटी कलेजले झापामा पहिलो पटक होटल मेनेजमेन्ट अध्यापन सुरु गरेको हो । आजको प्रतिस्पर्धि समयमा कुनै पनि क्षेत्रमा दक्ष नभइकन रोजगारी पाउन कठिन छ । यसका लागी होटल मेनेजमेन्ट जस्तो प्रयोगात्मक विषयको महत्व धेरै रहेको साथै विद्यार्थीको आर्कषण पनि रहेको ढकाल बताउँछन् ।

कक्षा ११ को भर्ना प्रक्रिया सुरु भएसँगै स्कुलले विद्यार्थीसँग सामूहिक अन्तरक्रिया भदौ १३ गते सम्पन्न गरेको छ । अन्तरक्रियामा विद्यालयका नियम तथा निर्देशनबारे विद्यार्थीलाई जानकारी दिइन्छ । साथै विषयगत शिक्षकले आआफ्नो विषयको औचित्य र भविष्यको बारेमा जानकारी दिने गरेको प्रिन्सिपल ढकाल बताउँछन् । एमिटीले गत वर्ष उत्कृष्ट १० जना विद्यार्थीलाई सम्मान गरेको छ । जसमा कक्षा ११ र १२ ८ जना र बिबिएसमा उत्कृष्ट अंक ल्याउने २ जना विद्यार्थी सम्मानित भएका हुन् ।

शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान दिएका ढकालले १ सय ३० जना शिक्षकलाई रोजगारी दिएका छन् । उनी इमानदारीतामा विश्वास राख्छन् । “इमान्दारीता सबैभन्दा ठूलो गहना हो” उनले भने, “इमानदारीता पूर्वक काम सिक्न म शिक्षक र विद्यार्थीलाई आग्रह गर्छु । किनकि म आजको दिनसम्म पनि काम सिक्दै छु ।” हामी विद्यार्थीको भविष्य सँगसँगै चरित्र निर्माणमा पनि ध्यान दिन्छौँ ।

एमिटी एजुकेशन फाउण्डेसन बिर्तामोड। तस्बिर बजार : दैनिक ।

प्रतिक्रिया दिनुहोस्