एनआरएनए फ्रान्सले पायो महिला नेतृत्व


Bazar Dainik
3 August, 2021 12:56 pm

 

झापा, साउन १९ । एनआरएनए फ्रान्सको अध्यक्षमा तनहुँकी गीता खनाल थापा निर्वाचित भएकी छन् । पहिलोपटक महिला नेतृत्वमा पुग्दै खनालले इतिहास रचेकी छन् ।

निर्वाचित खनाल ।


कुल खसेको ४ सय ५८ मध्ये खनालले दुई सय ४८ मत ल्याएर विजयी भएकी हुन् । उनका प्रतिष्पर्धी मीनबहादुर श्रेष्ठले दुई सय १० मत पाए । अनलाइन पद्धतिबाट भएको निर्वाचनमा खनालले ३८ बढी मतान्तरले प्रतिष्पर्धी श्रेष्ठलाई हराएकी हुन् ।


यस अघि वरिष्ठ उपाध्यक्ष खनालले कागजात नभएका नेपालीलाई समेत पक्षपात नगरी सहयोग गर्ने, नेपाली भाषा र संस्कृतिको संरक्षण गर्ने आदि नारा लिएर चुनावी दौड थालेकी थिईन् । उनको प्यानलका एक सदस्य बाहेक सबै विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्