पेय पदार्थमा खेलाडीको असन्तुष्ट, कम्पनीको ब्राण्ड र सेयर मूल्यमा धक्का


Bazar Dainik
17 June, 2021 12:50 pm

झापा, असार ३ । फ्रान्सका मिडफिल्डर पउल पोग्बाले पत्रकार सम्मेलनमा राखिएको हेनेकेन बियर फ्रेमबाट हटाइदिएका छन् । यसअघि जारी युरोकपको प्रि–म्याच पत्रकार सम्मेलनमा पोचुर्गलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले कोकाकोलाको बोतल फ्रेमबाट हटाएपछि कम्पनीको ब्राण्ड र सेयर मूल्यमा धक्का पुगेको थियो। घटना पछि सेयर मूल्य घटेपनि पछि लय समात्दै गएको छ ।


उक्त घटना सेलाउन नपाउँदै पोग्बाले पनि फ्रेमबाट नन–अल्कोहलिक (मदिराको मात्रा नभएको) मानिएको बियर हटाएका छन् । घटना पछि हेनेकेन बियरको सेयर मूल्य भने घटेको छैन । जर्मनीसँगको खेलमा जीत निकाल्दै म्यान अफ दि म्याच घोषित भएका पोग्बाले पोष्ट म्याच पत्रकार सम्मेलनमा बियरको बोतल हटाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्