एकै समयमा १० जना बच्चालाई जन्म


Bazar Dainik
10 June, 2021 6:45 pm

काठमाडौँ, जेठ २७ । दक्षिण अफ्रिकाकी एक महिलाले एकै समयमा १० जना बच्चा जन्माएकी छन् । यो संसारकै नयाँ विश्व रेकर्ड हुनसक्ने बीबीसीले उल्लेख गरेको छ । ३७ वर्षीया गोसियामे थमराले १० बच्चा जन्माएकी हुन् । त्यसमा सात बालक र तीन जना बालिका छन् । ती महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरुले बताएका छन् । यसअघि सन् २००९ मा अमेरिकी एक महिलाले एकैपटक ८ बच्चा जन्माएर विश्व रेकर्ड कायम गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्