निषेधाज्ञामा झापा : (फोटो फिचर)


Bazar Dainik
10 May, 2021 1:57 pm

झापा, वैशाख १५ । पूर्वी नेपालको झापा जिल्लामा आज (बिहीबार) देखि निषेधाज्ञा थप कडा पारिएको छ। निषेधाज्ञा कडा पारिएसँगै जिल्ला बजार क्षेत्र र सडक सुनसान देखिएको छ।

भारतीय खुला सीमा क्षेत्रसँग जोडिएको जिल्लामा दोस्रो लहरको कोरोना संक्रमितको सङ्ख्या ह्वातै बढेसँगै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञालाई थप कडा बनाएको हो। तीन दिन आंशिक निषेधाज्ञा जारी गरेको प्रशासनले आजदेखि वैशाख ३१ गते मध्यरात सम्मलाई अत्यावश्यक कामबाहेक जनतालाई घरबाहिर ननिस्किने खालको कडा निषेधाज्ञा जारी गरेको हो।

प्रशासनले यातायातमा जोर बिजोर प्रणाली हटाउँदै निर्माण सामग्रीसहित अत्यावश्यकबाहेकका सवारीसाधनमाथि पूर्ण रुपमा रोक लगाएको छ।

प्रतिक्रिया दिनुहोस्